काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभाग, भर्ती तथा छनोट शाखाले मंगलबार एक सूचना जारी गर्दै विज्ञापन नम्बर ०५ (०८२/८३) अनुसार सञ्चालित प्रतियोगिताको नतिजा प्रकाशित गरेको हो ।
लिखित परीक्षा, शैक्षिक योग्यता तथा अन्तर्वार्ता परीक्षाको प्राप्ताङ्कको कुल योगका आधारमा योग्यताक्रम कायम गरी सफल उम्मेदवारहरूको नाम तथा दर्ता नम्बर सार्वजनिक गरिएको छ । महाशाखाका अनुसार अन्तिम नतिजामा सफल भएका उम्मेदवारहरूले आगामी असोज १६ गते बिहान ९ बजेभित्र आवश्यक कागजातसहित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोकमा सम्पर्क गरिसक्नुपर्नेछ ।
सम्पर्कका लागि आउँदा उम्मेदवारहरूले आफूले पेस गरेको नेपाली नागरिकताको प्रतिलिपि, बाबुको नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो ५/५ प्रति साथमा ल्याउनुपर्नेछ । साथै, सफल उम्मेदवारहरूलाई भर्ना पोशाकमा अनिवार्य रूपमा उपस्थित हुन समेत प्रधान कार्यालयले निर्देशन दिएको छ ।












प्रतिक्रिया