काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिँदा यातायात एकतर्फी सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सिमलतालमा करिब ७० मिटर लम्बाइ सडक भासिएको हो । सडक भासिएपछि सवारी आवागमन एकतर्फी भएकाले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।
सडक डिभिजन भरतपुरले सवारी चालकलाई लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।












प्रतिक्रिया