२८ आश्विन २०८३, बुधबार

आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ ।

सोमबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १२ देखि १४ गतेसम्म देशभरका अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने पूर्वानुमान रहेको जनाएको हो ।

कोशी, नारायनणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वराप्ती, तिनाउ, बाणगँगाा, पश्चिम राप्ती र बबईको पानीको बहाव सामान्य रहेको छ ।

पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बाढी पूर्वानुमान बुलेटिन अनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहे तापनि हाल घट्दो क्रममा रहेको छ ।

महाशाखाले आज बिहान ८ बजे सम्मको बुलेटिन अनुसार देशका अन्य प्रमुख तथा सहायक नदीहरूमा भने जलसतह सतर्कता तहभन्दा तल नै सामान्य अवस्थामा रहेको उल्लेख गरेको छ ।