काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित सानागाउँमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश मगर रहेका छन् ।
प्रहरीका अनुसार शनिबार साँझ बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए ।
घाइते मगरलाई तत्काल उपचारका लागि किस्ट अस्पताल लगिएकोमा उपचारका क्रममा शनिबार राति चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया