२८ आश्विन २०८३, बुधबार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगन्जस्थित निवासबाट गएराति पक्राउ गरेको हो ।

जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । तर उजुरीको कारण भने खुलाइएको छैन् ।

२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबराविरुद्धको प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत फर्किन पाएनन् र निलम्बित अवस्थामै उनको कार्यकाल समाप्त भएको थियो ।