तवन । बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनको मुन्द्रा निकालेर लगेका दुई जनालाई चितवन जिल्ला अदालतले जनही २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश चाणकमणि अर्यालको इजलासले मदन गुरुङ र उमेश चौधरीलाई धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको महिलाको शव भरतपुरस्थित नारायणी नदी किनारमा भेटिएको थियो । शवको कानमा सुनका मुन्द्रा देखेपछि गुरुङ र चौधरीले बाँसको सहायताले शवबाट मुन्द्रा निकालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
घटनाको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट चार वटा सुनका मुन्द्रा बरामद भएको थियो ।
अदालतले तत्काल थुनामा राख्न आवश्यक नदेखिए पनि मुद्दाको अन्तिम टुंगो नलागेसम्म दुवै जनासँग धरौटी माग गरेको हो ।











प्रतिक्रिया