२८ आश्विन २०८३, बुधबार

२४ घण्टामा ९७५ जना ट्राफिक प्रहरीको कारबाहीमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६१, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा १३०, हर्न निषेधमा २१, लेन क्रसमा ४७, अवस्था ठिक नभएको ५५, एकतर्फीमा १४ र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।