काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–१ को अडिट–३ सुरुङ भित्रबाट आज निकालिएको ११ शव सेनाको हेलिकप्टरबाट त्रिशूली ल्याइएको छ ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीनहरुको खोजी गर्ने क्रममा आज थप ११ शव फेला परेको थियो ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ शव फेला परेको थियो ।
यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएको थियो ।
खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ ।












प्रतिक्रिया