२८ आश्विन २०८३, बुधबार

हत्या आरोपीलाई पीडितले अदालतमा भेटेपछि…

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । सप्तरी जिल्ला अदालत परिसरमा एक व्यक्तिलाई युवकले घिसार्दै लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको वास्तविक पृष्ठभूमि खुलेको छ।

भिडियोमा घिसारिँदै गरेका व्यक्ति सप्तरीको बोदेबरसाइन नगरपालिका–९ का ४३ वर्षीय रामपुकार यादव रहेको प्रहरीले जनाएको छ। उनी ज्यान मार्ने उद्योग मुद्दामा वारदातपछि फरार रहेका प्रतिवादी हुन्।

प्रहरीका अनुसार भदौ ३१ गते अदालत पुगेका यादवलाई मुद्दाका जाहेरवाला अजयकुमार यादवका भतिजा मुकेशकुमार यादवले देखेपछि समात्न खोजेका थिए। त्यस क्रममा दुई जनाबीच धक्कामुक्का भएपछि मुकेशले रामपुकारलाई अदालत परिसरबाट घिसार्दै बाहिर लगेका थिए।

घटनापछि प्रहरीले रामपुकार र मुकेश दुवैलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।