२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढी पीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर संकलन गरेका छन् । उनले बाढीपीडितको सहयोगका लागि इन्स्टाग्राममार्फत् रकम उठाउन सहयोगको आह्वान गरेका हुन् ।

नेपालको स्थितिबारे बोल्दै उनले भनेका छन्, ‘नेपलामा भिडियो खिच्ने हाम्रो योजना थियो, तर त्यहाँ जे भयो, त्यसपछि हामीले भिडियो बनाउने योजना रद्द गर्नु पर्‍यो।’

नेपाल आउने कार्यक्रम रद्द गरेपछि मिस्टर बिस्टले विभिन्न ब्रान्डसँग मिलेर राहत जुटाउने सक्रिय बनेको बताएका छन् । घर गुमाएका तथा पिउने पानी र खानाको अभाव झेलिरहेका पीडितलाई सहयोग गर्न पीएनजीलगायत ब्रान्डमार्फत गैरसरकारी संस्था ‘केयर नेपाल’ सँग सहकार्य गरिएको उनले बताएका छन् ।

‘हामीले १० लाख डलरभन्दा धेरै चन्दा उठाउन पहल गरिरहेका छौँ,’ उनले भनेका छन्, ‘कतिपय बाढी पीडितहरूको घर बगेको छ, पिउने पानी र खाना छैन ।’ मिस्टर बिस्टले हालसम्म १० लाख डलर संकलन भइसकेको र सो रकमलाई अझ बढाउन खोजिरहेको उल्लेख गरेका छन् ।

संकलित रकमको शतप्रतिशत हिस्सा सिधै विपद् प्रभावित मानिसहरूका हातमा पुग्ने उनले बताएका छन् । उनले आफूले संकलन गरेको राहत प्रधानमन्त्री उद्धार कोषमा नदिने भएका हुन् ।