२८ आश्विन २०८३, बुधबार

आज हरितालिका तीज, पशुपति लगायतका शिवालयहरूमा भक्तजनको घुइँचो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ ।

तीजका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ ।

विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको व्रत बसी मनाउने प्रचलन छ ।

अविवाहित युवायुवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको व्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।