२८ आश्विन २०८३, बुधबार

परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको परेवाटार–मास्टार सडकखण्डमा आजदेखि निश्चित समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।

सडक साँघुरो भएका कारण दुवै तर्फबाट एकैपटक सवारी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले समय तोकेर एकतर्फी यातायात सञ्चालनको व्यवस्था मिलाएको हो ।

जिल्ला प्रशासनका अनुसार बिहान ६:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ आउने सवारीसाधन सञ्चालन हुनेछन् । धादिङबेंसीतर्फ आउने सवारीसाधनले दिउँसो १२:०० बजेभित्रै मास्टारको पुल पार गरिसक्नुपर्नेछ ।

त्यसैगरी, दिउँसो १:०० बजेदेखि साँझ ७:०० बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन् । गल्छीतर्फ जाने सवारीसाधनले भने साँझ ७:०० बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने नियम बनाइएको छ ।

तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको अवधिमा धादिङबेंसीबाट सुनौलाबजार, फोस्रेटार र केउरिनी हुँदै पनि गल्छीतर्फ आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ ।