२८ आश्विन २०८३, बुधबार

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको पाइएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्राप्त कुल १ हजार ११६ वटा परियोजनामध्ये सूचना प्रविधि क्षेत्रका मात्रै ७२७ वटा रहेका छन् ।

गत आवमा प्राप्त प्रतिबद्धता अनुसार लगानीकर्ताहरूले विभिन्न क्षेत्रका १ हजार ११६ परियोजनाका लागि कुल ५८ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता जनाएका हुन् । यसअघि आर्थिक वर्ष २०८१/८२ मा ८४२ वटा परियोजनाका लागि करिब ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

विभागका अनुसार सूचना प्रविधिबाहेक पर्यटन क्षेत्रमा २२७, सेवामूलक क्षेत्रमा ७१, उत्पादनमूलक क्षेत्रमा ६३, कृषिमा १८, ऊर्जामा ४ र पूर्वाधारका क्षेत्रमा २ वटा परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार लगानीकर्ताहरूले मुख्यगरी आफ्नो रुचि र सम्भावना भएका क्षेत्रमा नै चासो देखाउने गरेका छन् । केही परियोजनाहरू ठूलो पुँजीका हुने भएकाले कुनै वर्ष परियोजना सङ्ख्या कम भए पनि कुल लगानीको आकार बढी हुने उनको भनाइ छ ।