२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३५७ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार पछिल्लो तथ्यांक अनुसार हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएको जानकारी दिएको हो ।

जसमध्ये प्राधिकरणका अनुसार हालसम्म १०२ शवको सनाखत गरेर परिवारले बुझेका छन् । बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ ।

सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली र करिब ५८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जनाकारी दिएको छ । हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको छ ।

सरकारले रसुवामा एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा ५० लाख नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकालाई रु १३ करोड ५० लाख राहत उपलब्ध गराइएको छ ।