काठमाडौं । नेकपा (एमाले) र नेकपा बीच भएको सहमति अनुसार कोशी प्रदेश सरकार संचालन गर्न २८ बुँदे न्यूनतम साझा कार्यक्रम ल्याइएको छ ।
सरकारको कार्य सम्पादनलाई प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउने उद्देश्यले ल्याइएको न्यूनतम साझा कार्यक्रममा बजेट पूनरावलोकन देखि सुशासन, र्पूवाधार, कृषि, पर्यटन, स्वास्थ्य र विद्युतीय शासन सम्मका विषयलाई प्राथमिकतामा राखिएको छ ।
न्यूनतम साझा कार्यक्रम बनाउन नेपाली कम्युनिष्ट पार्टी कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो संयोजकत्वमा एमाले कोशी संसदीय दलका उपनेता तिल कुमार मेयाङ्बो सहितको ७ जना संलग्न थिए ।
सोमवार एक कार्यक्रम बीच नेकपाका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गर्दै र्सार्वजनिक गरे ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गत साउन ९ गते भएको तीन बुँदे सहमति अनुसार कोशी प्रदेशमा भाद्र १ गते नेपाली कम्युनिष्ट पार्टी सरकारमा सहभागी भएको थियो ।











प्रतिक्रिया