२८ आश्विन २०८३, बुधबार

बाढीपीडितको राहत र उद्धारमा एमाले सक्रिय, कटान क्षेत्रको स्थलगत निरीक्षण

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षतिपछि नेकपा (एमाले)ले बाढीपीडितको राहत तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।

बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले एमाले राहत तथा उद्धार कार्यमा सक्रिय रहेको छ । सोही क्रममा पार्टीका केन्द्रीय सचिव, बागमती प्रदेश इन्चार्ज समेत रहेका बाढीपीडित राहत तथा उद्धार सहयोग समितिका केन्द्रीय संयोजक महेश बस्नेतको नेतृत्वमा चितवनको भरतपुर क्षेत्रमा बाढी तथा नदी कटानबाट प्रभावित भू–भागको स्थलगत निरीक्षण गरिएको हो ।

नेता बस्नेत नेतृत्वको टोलीले भरतपुरको गोब्रेनी, मजुवा सामुदायिक वन, दियालो गौडानजिक, एकादशी मेला लाग्ने क्षेत्र तथा रातो गौडा लगायत स्थानमा नदीले गरेको कटानको अवस्थाबारे स्थलगत जानकारी लिएको हो । उक्त क्षेत्रमा करिब ७५० मिटर भू–भाग नदी कटानबाट प्रभावित भएको बताइएको छ ।

स्थलगत निरीक्षणका क्रममा बाढी तथा नदी कटानबाट प्रभावित स्थानीय बासिन्दासँग क्षतिको यथार्थ अवस्थाबारे जानकारी लिइएको थियो । साथै, थप क्षति हुन नदिन तत्कालीन तथा दीर्घकालीन उपायबारे स्थानीयसँग छलफल गरिएको थियो ।

एमालेले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै सम्भावित थप क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने जनाएको छ ।