काठमाडौं । बाँकेको कोहलपुरमा जुवा खेल्दै गरेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेतासहित पाँच जना पक्राउ परेका छन् ।
रास्वपा बैजनाथ गाउँपालिका–४ का वडा सभापति कुलबहादुर ओलीसहित ५ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले शुक्रबार राति कोहलपुर–१३ स्थित खड्कवारबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैजनाथ–४ घर भएका रास्वपा वडा सभापति कुलबहादुरसहित कोहलपुर–१२ घर भएका धनबहादुर परियार, चन्द्रबहादुर बस्याल, बेलबहादुर डाँगी र कोहलपुर–५ घर भएका राम गुरुङ रहेको प्रहरीले जनाएको छ ।
जुवा खालबाट २ लाख २ हजार नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर हरि पुनले जानकारी दिए ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया