काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले बाढी प्रभावितका लागि सरकार नदेखिएको बताएका छन् ।
नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकपनि अध्यक्ष ओलीले सरकारका मन्त्रीहरू एआईबाट तस्वीर बनाएर प्रचार गर्नमा मात्रै लागेका बताएका हुन् ।
उनले भने, ‘मन्त्रीहरू एआई सिर्जित फोटो हिलाम्मे मान्छे बोकेर गाडीमा मन्त्रीले राखेका तस्बिरहरू देखाएर पपुलारिटी बटुल्ने काम भइराखेको छ। हामीलाई एआई सिर्जित तस्बिरहरूको प्रचार होइन, हामीलाई जनतालाई राहत दिने काम चाहिएको छ।’
प्रभावितलाई ढाडस दिने मान्छे समेत नभएको उनको भनाइ छ ।
उनले भने, ‘सरकारको प्रभावकारिता पर्याप्त भएन जस्तो लाग्छ। सरकारको त केही नै भएन। अहिले हेलिकप्टर उडेको देख्छु। चार–पाँचवटा गइसक्यो। ती किन उडिराख्या छन् थाहा छैन। यहाँ मानिसहरू अलपत्र छन्। यी मानिसहरू कहाँ गएर उनीहरूलाई हामी केही गर्छौँ भनेर ढाडस दिने मान्छे पनि छैन।’











प्रतिक्रिया