१ कार्तिक २०८३, शनिबार

नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि नेपाल भलिबल लिग (एनभिएल)ले सहयोग गर्ने भएको छ ।

एनभिएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।

एनभिएलका प्रमुख सञ्चालन अधिकृत विकास खेतानले उद्धार, उपचार तथा पुनर्स्थापना अभियानमा आफ्नो तर्फबाट सहयोगस्वरूप पहिलो दिनको टिकट बिक्रीको सम्पूर्ण रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनभिएलका सबै खेलको टिकट आईएमई खल्तीमार्फत खरिद गर्न सकिनेछ । साथै, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रहने काउन्टरबाट भौतिक रूपमा पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

एनभिएलको टिकट बुकिङ आजैदेखि आईएमई खल्तीमार्फत खुला गरिएको बताइएको छ ।