३० आश्विन २०८३, शुक्रबार

त्रिशुलीमा आज आएको बाढीले बगायो चरौंदीको पुल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिशुलीमा आज आएको बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगाएको छ ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ जोड्ने पुल आजको बाढीले बगाएको हो । बाढीले चरौंदीस्थित सहकारी भवन र विद्यालयमा पनि क्षति पुर्‍याएको छ ।

यसअघिको विनाशकारी बाढीमा जोगिएको पुल र भवन आजको बाढीले बगाएको हो ।