२८ आश्विन २०८३, बुधबार

राहत कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै नक्कली भौचर पोष्ट गर्ने कार्की पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन् । उनीमाथि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको कोषमा आफूले १ लाख २० हजार रूपैयाँ सहयोग गरेको भन्दै च्याटजिपिटीबाट नक्कली भौचर बनाएको प्रहरीले जनाएको छ ।