२८ आश्विन २०८३, बुधबार

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन प्रशासनको आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोलाहुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका छन् । यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।