२८ आश्विन २०८३, बुधबार

बाढी प्रभावित क्षेत्रमा करिब ६ हजार प्रहरी जनशक्ति परिचालन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले करिब ६ हजार जनशक्ति बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिरहेको जनाएको छ ।

राहत, उद्धार र खोजको कार्यलाई प्राथमिकतामा राख्दै ५ हजार ९१७ जना प्रहरी प्रत्यक्ष रूपमा बाढी प्रभावित क्षेत्रमा खटिएको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक तथा नायव महानिरीक्षकहरूको प्रत्यक्ष अनुगमन तथा निर्देशनमा समग्र टोली परिचालित रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

भोटेकोशी र त्रिशूली नदी किनारका प्रत्येक प्रभावित जिल्लाहरूमा वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली खटाइएको उनले बताए । उनले उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्पूर्ण प्रहरी कर्मचारीहरूको बिदा रद्द गरी २४सै घण्टा स्ट्यान्डबाइ राखिएको बताए ।

रसुवा लगायतका अति प्रभावित क्षेत्रमा थप विपद् उद्धार टोली, सञ्चार टोली तथा दूरसञ्चार निकायसँग समन्वय गरी अस्थायी मोबाइल टावर स्थापनाका लागि टोली पठाइएको प्रवक्ता काफ्लेले बताए ।

उनले बाढी विपद्का क्रममा नेपाल प्रहरीका २६ जना कर्मचारी बेपत्ता रहेको, हालसम्म फेला परेकामध्ये २ जनाको शव पहिचान भई आफन्तलाई बुझाइएको र बाँकी शवहरूको पहिचान र कानुनी प्रक्रियाका लागि विशेष टोली खटिएको उल्लेख गरे ।