२८ आश्विन २०८३, बुधबार

धादिङबेसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ ।

परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको हो । योसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ ।

गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेसी जाने त्रिशूलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो ।