२८ आश्विन २०८३, बुधबार

रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघसंस्था, कम्पनी, क्लब, व्यक्ति तथा नागरिकस्तरबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन इच्छुकलाई सहयोग गर्न आग्रह गरेको हो ।

भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै प्रशासनले तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री संकलन गर्न लागेको जनाएको छ ।

काठमाडौंमा संकलन हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संकलन गरिनेछ । त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा प्रत्यक्ष खटिएका काठमाडौंस्थित सुरक्षा निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय तथा निर्देशनमा राहत सामग्री व्यवस्थापन गरी प्रभावित नागरिकसम्म पुर्‍याइने प्रशासनले जनाएको छ ।

राहत संकलनसम्बन्धी समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको सूचनामा उल्लेख छ । सहयोग गर्न इच्छुकले ९८४१७९८५४२ मा सम्पर्क गर्नसक्ने प्रशासनले जनाएको छ ।