काठमाडौं । चीनले तिब्बतमा भइरहेको उद्धार कार्यलाई बाढीको थप जोखिमका कारण अस्थायी रूपमा स्थगित गरेको छ ।
उद्धार टोलीलाई सुरक्षित स्थानमा फर्काइएको चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।
सीसीटीभीका अनुसार पहिरोपछि बनेको विशाल तालको पानी उद्धार टोली परिचालित क्षेत्रतर्फ फैलिन थालेपछि टोलीलाई तत्काल उद्धार रोक्न र थप निर्देशन पर्खन भनिएको हो । प्रभावित क्षेत्रमा प्रवेश गरिसकेका आपत्कालीन टोलीलाई समेत करिब एक किलोमिटर पछाडि हटाइएको छ ।
बुधबार तिब्बतको सीमावर्ती केन्द्र ग्यिरोङमा माटो र भग्नावशेष खसेपछि पानी थुनिएर ताल बनेको थियो ।
लगातार वर्षाका कारण आगामी तीन दिनमा तालको जलस्तर थप बढ्नसक्ने अनुमान गरिएको छ ।
जलस्तर बढ्दा तालमा दरार पर्न सक्ने र त्यसबाट तल्लो क्षेत्रमा बाढी पस्दा ग्यिरोङ बन्दरगाह लगायतका स्थानमा थप क्षति हुनसक्ने जोखिम रहेको सिन्ह्वाले जनाएको छ ।











प्रतिक्रिया