२८ आश्विन २०८३, बुधबार

बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ३८९ पुगेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बेलुका ९ बजेसम्ममा ८ जिल्लामा ३८९ जनाको शव फेला परेको हो। चितवनस्थित नारायणी नदी किनारबाट १३७ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै नवलपरासी पूर्वबाट ७ जनाको शव फेला परेको छ। रसुवामा १७, नुवाकोटमा २, धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

हालसम्म ४६६ जनाको उद्धार गरिएको छ। रसुवाबाट २८९ जनाको उद्धार गरिएको प्रहरीले उल्लेख गरेको छ । यसैगरी, नुवाकोटबाट ९० जना, धादिङबाट ३ जना र ८४ जनालाई उद्धार गरी काठमाडौँ ल्याएको हो।