२८ आश्विन २०८३, बुधबार

मधेश सरकारले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीको एक दिन बराबरको तलब विपद् व्यवस्थापन कार्यमा सहयोग गर्ने उद्देश्यले केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको व्यापक क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रभावित क्षेत्रका नागरिकको खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउन मधेश प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई प्रदेश सरकारले अपिल गरेको छ । यसका साथै यस विपद्को घडीमा विपद् व्यवस्थापनको कार्यमा सहयोग पुर्‍याउन मधेश प्रदेश, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री लगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।