२८ आश्विन २०८३, बुधबार

रसुवा बाढीमा मधेशका दर्जन बढी सम्पर्कविहीन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सुभाष कायस्थ

जनकपुरधाम । रसुवाको स्याफ्रुबेँसी र टिमुरे लगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेका छ्न् ।

सम्पर्कविहीन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र जलविद्यूत परियोजनामा काम गर्ने इन्जिनियर हुन् ।

प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय प्रसाद सिंह, सप्तरी बोदेबरसाइन नगरपालिका काचनटोलका देवकुमार यादव, शिवकुमार यादव र सचित यादव सम्पर्कविहीन रहेका छन् ।

यस्तै, मधेश प्रदेश निवासी सन्तोषकुमार ठाकुर, राहुल गुप्ता, राजा यादव र सुरज मण्डल सम्पर्कविहिन रहेका छ्न् । समाचार लेख्दासम्म उनीहरुको ठेगान नखुलेपनि उनीहरु मधेश प्रदेशकै रहेको जनाइएको छ ।

बाढी आएको समयदेखि उनीहरु सम्पर्कविहीन भएका हुन् । सामाजिक सञ्जालमा उनीहरुका आफन्त र परिवारजनहरुले उद्धारको गुहार गर्दै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।

बाराका रमेश यादव रसुवामा सञ्चालित अपर त्रिशूली हाइड्रोपावरको ३३ मेगावाट क्षमताको आयोजनामा कार्यरत रहेको स्थानीय परवेज खानले जानकारी दिएका छन् ।

यस्तै, महोत्तरीको पिपराका विकास यादव पनि रसुवास्थित एक हाइड्रोपावरमै कार्यरत छन् । जनकपुरधामका अजयप्रसाद सिंह २१६ मेगावाटको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत छन भने सन्तोषकुमार ठाकुर, राहुल गुप्ता पनि अपर त्रिशुली जलविद्युत आयोजनामै इन्जिनियरको रुपमा कार्यरत जनाइएको छ ।

बाढीमा सम्पर्कविहीन भएका सप्तरीको बोदेबरसाइन तीनै एक परिवारका दाजुभाइ हुन् । सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत रहेको परिवारले जनाएको छ । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत थिए ।

उनीहरूका बुवा लालबहादुर यादवका अनुसार बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन । बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेको भन्दै यादवले सम्बन्धित निकायसँग तत्काल खोज तथा उद्धार गरिदिन आग्रह गरेका छन् ।

यस्तै, जनकपुरधामका सिंहका श्रीमती पूजा साहले पनि बाढी आएको समयदेखि श्रीमानसँग सम्पर्क हुन नसकेको भनी आफ्नो श्रीमानको खोजी तथा उद्धार गरिदिन आग्रह गरेकी छिन् ।