२८ आश्विन २०८३, बुधबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९०४ जनालाई कारबाही

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९०४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ६४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा १२८, हर्न निषेधमा ३३, लेन क्रसमा ३१, अवस्था ठिक नभएको २६, एकतर्फीमा ३ र अन्यमा ५०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।