२८ आश्विन २०८३, बुधबार

धादिङबाट गोसाइकुण्ड गएका २५ जना तीर्थालु बस सहित सम्पर्कविहीन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङबेँसीबाट गोसाइँकुण्ड तीर्थालु लिएर गएको बस सम्पर्कविहीन भएको छ ।

बा ५ ख १२५० नम्बरको बेस्ट बससहित त्यसमा सवार २५ जना यात्रु र चालक सम्पर्कविहीन भएका हुन् । बसमा नीलकण्ठ नगरपालिका-१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल सवार छन्।

त्यस्तै, नीलकण्ठ-९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल बसमा सवार रहेको बताइएको छ।

यसैगरी, सिद्धलेक गाउँपालिका-१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट, नीलकण्ठ नगरपालिका-३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना सवार रहेको बताइएको छ। बसका चालक नीलकण्ठ-१२ का छविलाल श्रेष्ठ पनि सम्पर्कविहीन छन् ।

उक्त बस पनि चालक श्रेष्ठकै रहेको बताइएको छ ।