२८ आश्विन २०८३, बुधबार

बाढीप्रति दुःख व्यक्त गर्दै गान्धीले भने– नेपाली जनता र दुःखद् विपद्बाट प्रभावित सबैको साथमा छु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

बाढीमा भारतीय तीर्थयात्री लगायत सयौं मानिसहरू बेपत्ता भएको भन्दै उनले ज्यान गुमाउनेहरूका परिवारजनप्रति समवेदना व्यक्त गरे ।

गान्धीले आफू नेपालका जनता र यस दुःखद् विपद्बाट प्रभावित सबैको साथमा रहेको समेत उल्लेख गरे ।

‘ज्यान गुमाउनेहरूका शोकाकुल परिवारजनप्रति म हार्दिक समवेदना प्रकट गर्दछु । आफ्ना प्रियजनको खबरको व्यग्र प्रतीक्षामा रहेका परिवारहरूप्रति मेरो सहानुभूति छ ।’ बुधबार साँझ फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘म भारत सरकारलाई आग्रह गर्दछु कि बेपत्ता भएका भारतीय नागरिकहरूको खोजी गर्न र उनीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न नेपाली अधिकारीहरूसँग घनिष्ठ समन्वयमा रही हरसम्भव प्रयास गरियोस् । म नेपालका जनता र यस दुःखद विपद्बाट प्रभावित सबैको साथमा छु ।’