२८ आश्विन २०८३, बुधबार

हेलिकप्टरबाट रसुवामा १२ जनाको उद्धार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवामा हेलिकप्टरबाट १२ जनाको उद्वार गरिएको छ ।

भोटेकोशीमा आएको बाढीमा फसेका १२ जनाको उद्वार गरिएको हो । नेपाली सनोका अनुसार, स्याप्रुबेसीबाट ६, मैलुङबाट दुई र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो ।

बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरिएका छन्। नेपाली सेनाका चार र निजी क्षेत्रका आठ वटा हेलिकप्टर उद्धारका लागि खटिएको हो ।