स्याङजा । स्याङजामा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडकखण्डमा साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा दश जना घाइते भएका छन् ।
गाडी अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।











प्रतिक्रिया