२८ आश्विन २०८३, बुधबार

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीले विश्वासको मत पाएका हुन् । कार्कीको पक्षमा ५७ मत पर्दा २२ मत मात्रै विपक्षमा परेको हो।

कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। दुवै दलका सबै सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेपछि उनले ५७ मत पाएका हुन्।

बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।