२८ आश्विन २०८३, बुधबार

गरिमा चौधरी हत्या प्रकरण : प्रदीप खड्का पनि पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा । बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिकाका प्रदीप खड्का हुन् ।

यसअघि पक्राउ परेका बालक प्रोग्रेस चौधरीको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक एक भिडिओमा प्रोग्रेसले घटनामा प्रदीप पनि संलग्न रहेको बताएका छन् ।

प्रदीपकै योजनामा सबै घटना घटाइएको भिडिओ प्रोग्रेसले स्वीकारेका हुन् ।