बारा । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुवालाई काठमाडौं लगिएको छ ।
गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनीहरुलाई शनिबार अपराह्न काठमाडौं लगिएको बारा प्रहरीले जानकारी गराएको हो ।
सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो ।
उनीहरुका साथमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्की लगायत ७ जनाको टोली रहेका छन् ।













प्रतिक्रिया