२८ आश्विन २०८३, बुधबार

सभापतिको नेमप्लेट र लेटरप्याड अनाधिकृत रूपमा प्रयोग भएकोमा काँग्रेसको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग भएको बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले संस्थापन इतर समूहको गतिविधिमाथि आपत्ति जनाउदै सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग भएको बिषयमा ध्यानाकर्षण भएको जनाएको जनाएको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले संस्थापनइतर समूहको कार्यालयमा राखिएको सभापतिको नेमप्लेट तथा पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग गरेको बताए ।

पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आँच आउने गरी गलत आरोप र शब्दहरू प्रयोग गरिएकोमा समेत अनुशासन समितिले रेकर्ड सङ्कलन गरिरहेको उनले जानकारी दिए ।

संयोजक गुरुङले निर्वाचनका क्रममा भएका अनुशासनहीन गतिविधिहरूका सम्बन्धमा समितिमा हालसम्म प्राप्त ७५४ वटा निवेदन अनुसन्धानको क्रम जारी रहेको बताएका छन् ।

महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले वडा अधिवेशन सुरु हुनुअगावै यसबारे उचित निर्णय गरिने उनको भनाइ छ । उनले असोज १६ देखि १९ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अगाडि बढाइएको जानकारी समेत दिए ।