काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
स्मार्ट टेलिकमले बैंकमा धितो राखेको सम्पत्ति लिलाम गरेको विषयमा पाण्डेविरुद्ध मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले पाण्डे ८० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जानकारी दिए।
धरौटीमा रिहा भएसँगै पाण्डेले बैंकको नियमित कामकारबाहीमा निरन्तरता दिन पाउनेछन्।















प्रतिक्रिया