१ कार्तिक २०८३, शनिबार

भारतसँगको खुला सीमा बन्द गरेर भिसा लगाऔँ : हर्क साम्पाङ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको खुला सीमा बन्द गरेर भिसा सिष्टममा जानुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल–भारतबीच पनि भिसा सिष्टम चलाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन। भिसा सिस्टम बनाऔँ। सील गरौँ। ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन्।’

नेपाल र भारतको जस्तो खुला सीमा अन्य कुनै पनि देशमा नरहेको उनको भनाइ छ । सीमा खुला हुँदा मानव बेचविखनसहित आपराधिक गतिविधि बढेको साम्पाङले बताए ।