काठमाडौं। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा गरिएको छ ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र अर्थसचिव डा।घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेका हुन् ।
साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँ जितेका छन् ।
अन्य १५ जनाले एक/एक लाख रुपैयाँ उपहार जितेका छन् । पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिएको हो ।
जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक(एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जितेका हुन्।















प्रतिक्रिया