१ कार्तिक २०८३, शनिबार

पत्रकार किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आज थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि उनीमाथि तीन दिन म्याद थप भएको थियो ।

यसैबीच, आजै श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको छ ।