१ कार्तिक २०८३, शनिबार

प्रहरीले सर्च गरेपछि मोरङ कारागारका कैदी आन्दोलित, कारागारको छतमै बाले टायर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारमा प्रहरीले सर्च अभियान सुरू गरेको विरोधमा कैदीबन्दी आन्दोलित भएका छन् ।

लागुऔषध लगायतका अवैध वस्तु लुकाएर राखिएको गोप्य सूचनाका आधारमा सोमबा बिहानैदेखि प्रहरीले खानतलासी गरेपछि कैदीले कारागारको छतमै टायर बाल्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले नाराबाजी समेत गरेका छन् । ब्लक तथा कक्षहरूमा सुरक्षाकर्मी पुगेर खानतलासी गरेका थिए ।

कारागार प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरेको छ ।