१ कार्तिक २०८३, शनिबार

मन्त्री लम्साललाई ‘स्काई ट्रक’ बाट काठमाडौं ल्याइयो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । बैतडीमा बिरामी परेपछि धनगढी ल्याइएका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई काठमाडौं ल्याइएको छ ।

उनलाई धनगढीबाट नेपाली सेनाको स्काई ट्रक’ मार्फत काठमाडौं ल्याइएको हो । यसअघि सेनाको हेलिकप्टरले उनलाई बैतडीबाट धनगढी ल्याएको थियो ।

आफैँ गाडी चलाएर शनिबार बेलुका दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो।

मन्त्री लम्साल बैतडी र बझाङका विभिन्न ठाउँको राजमार्ग र पूर्वाधारको अवस्था निरीक्षण गर्न गएका थिए ।