काठमाडौं। शहीद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पूर्वन्यायाधीस गिरिशचन्द्र लालले मधेसका पुराना नेताहरूको परीक्षण भैसकेको र नयाँ नेतृत्व आउन नसकेको कारण नेतृत्व विहीनताको अवस्था आएको बताएका छन् ।
‘मधेस: अबको बाटो’ बिषयक अन्तरक्रिया कार्यक्रममा कानून व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूर्वन्यायाधीश गिरिशचन्द्रलाल, मधेस प्रदेशका पूर्व मुख्य न्यायधीवक्ता एवम् वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कृष्ण मुरारी रौनियार, अभियन्ता माजीद अन्सारी, अधिवक्ता आनन्द गुप्ता लगायत जेन जी पुस्ता देखि वरिष्ठ अधिवक्ताहरुको उपस्थिति रहेको थियो ।
शहीद संजय चौधरीकी बहिनी तथा प्रतिष्ठानका अध्यक्ष ममता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मधेसमा भएको विभेदबारे चर्चा गरिएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिले संविधान संशोधन भयो भने मधेसले पाएको पनि गुमाउने निश्चित रहेको बताए ।















प्रतिक्रिया