१ कार्तिक २०८३, शनिबार

ग्यास बिक्रेता संघका अध्यक्षको स्टोरमा छापा मारेर प्रहरीले बरामद गर्‍यो १३१ थान सिलिन्डर

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । धनुषा ग्यास बिक्रेता संघका अध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष फूलदेव पण्डितको स्टोरमा छापा मारेर प्रहरीले १३१ सिलिण्डर ग्यास बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अरविन्द साहको नेतृत्वमा गएको टोलीले पण्डितको स्टोरमा छापा मारेको हो । पण्डितले सिलिन्डर लुकाएर महँगो मूल्यमा बेच्दै आएको सूचनापछि प्रहरीले छापा मारेको थियो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।