१ कार्तिक २०८३, शनिबार

इतर पक्षको भेलाको समापन समारोहमा गएनन् पूर्णबहादुर र शेखर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली कांग्रेसको इतरसमूहको भेलामा नेता पूर्वउपसभापति पूर्णबहादुर खड्का र शेखर कोइराला अनुपस्थित भएका छन् ।

भेलाको उद्घाटन समारोहमा भने दुवैजना नेता उपस्थित भए पनि समापन समारोहमा नगएका हुन्।

भेलाले नेता शशांक कोइरालालाई नै महाधिवेशनसँग सम्बन्धित सबै क्रियाकलाप अघि बढाउन जिम्मेवारी दिएको छ । पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णयसमेत सो समूहले गरेको छ ।

“पूर्णबहादुर खड्का र नेता शेखर कोइराला दुवैजना समापन समारोहमा उपस्थित हुनुभएन,” सहभागी एक प्रतिनिधिले भने ।

समापन समारोहमा नगएपछि उनीहरूलाई जोडेर अनेक आशंका हुन थालेका छन् । कतिपयले उनीहरू देउवा पक्षमा नरहन सक्ने अनुमान समेत गरेका छन् ।