काठमाडौं । निर्माणाधीन सङ्घीय संसद् परिसरमा बृक्षरोपण गरिएको छ ।
शुक्रबार सभामुख डोल प्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सांसदहरुले सिंहदरबारस्थीत निर्माणाधीन सङ्घीय संसद् परिसरमा बृक्षरोपण गरेका हुन् ।
सभामुख अर्यालले एभोगार्डो र रुद्राक्ष र राष्ट्रिय सभा अध्यक्ष दाहालले एभोगार्डोको बिरुवा रोपेका थिए । सो क्रममा सभामुख अर्यालले आफुले रोपेको बिरुवाको स्याहारमा स्वयं आफू नै लाग्न आग्रह गरेका थिए ।















प्रतिक्रिया