१ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिममा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । नवगठित सुदूरपश्चिम प्रदेश सरकारमा तीनजना मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।

एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्लले आर्थिक मामिलामन्त्री र दमन भण्डारीले भूमि व्यवस्था तथा सहकारीमन्त्रीका रूपमा शपथ लिएका छन् ।

यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ लिएकी हुन् । नेकपाका लेखराज भट्टले आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेकपाबाट भने मन्त्री नियुक्त हुन बाँकी छ ।