१ कार्तिक २०८३, शनिबार

जलवायु सूचनाको डिजिटलाइजेसन र पहुँचमा मन्त्रालयको ध्यान केन्द्रीत रहेको छ : मन्त्री चौधरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु सूचनाको डिजिटलाइजेसन र पहुँचमा मन्त्रालयको ध्यान केन्द्रीत रहेको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरलिे जलवायुसम्बन्धी सूचना, तथ्याङ्क र पूर्वानुमानहरूलाई समुदाय तथा युवाहरूले सजिलै बुझ्न सक्ने बनाउन सोसल मिडियामार्फत सार्वजनिक गर्ने र सबै माध्यमलाई डिजिटलाइज गर्ने काम भइरहेको बताएकी हुन् । उनले जोखिममा रहेका विपन्न समुदायसम्म पुग्ने गरी जलवायु वित्तलाई पारदर्शी, अनुगमनयोग्य र नतिजामुखी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेकी छिन् ।

जलवायु नीतिलाई दराजमा थन्क्याएर नराखी वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र स्थानीय ज्ञानमा आधारित भएर कार्यान्वयनमा लैजाने योजना रहेको उनको भनाइ छ । उनले जलवायुसम्बन्धी नीति निर्माण, अनुगमन तथा निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारको ढोका सधैं खुला रहेको स्पष्ट पारिन् ।

मन्त्री चौधरलिे जलवायु सहनशीलता, वन तथा पर्यावरण संरक्षण र न्यायपूर्ण रोजगारी प्रवर्धनका लागि श्रम मन्त्रालय र वन तथा वातावरण मन्त्रालय मिलेर ग्रीन जब सम्बन्धी कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिएकी छिन् ।